खुला ठाउँको हरियाली जीवन्तता राख्ने विषयमा काठमाण्डाै महानगर...
मंसिर ११, २०८१ मंगलबार
डडेलधुरा - चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि अस्पताल भर्ना गरिएको छ ।
सोमबारदेखि डडेलधुरामा १७औँ चरणको अनशन सुरु गर्नुभएका डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई शुक्रबार साँझ डडेल्धुरा अस्पताल भर्ना गरिएको हो । डाक्टर केसीको रक्तचाप तलमाथि भइरहेकाले उहाँको सहमतिमा अस्पतालमा भर्ना गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जीतेन्द्र कँडेलले जानकारी दिनुभयो ।
प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल र स्थानीय प्रसाशनको रोहबरमा डाक्टर केसीलाई अस्पताल भर्ना गरिएको डाक्टर कँडेलले बताउनुभयो ।
चिसोका कारण डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएको उहाँका भाइ किशोरले बताउनुभयो । डाक्ट केसीले अस्पतालबाटै अनशन जारी राख्ने उहाँले बताउनुभयो । सात बुँदे माग राखी डाक्टर केसीले कात्तिक १८ देखि अनशन थाल्नुभएको हो ।
सम्बन्धित समाचार
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।