एक जनाको आँखाको नानीले चार जनालाई दृष्टि दिन सकिने प्रविधि नेपाल भित्रियो

 कात्तिक २८, २०७६ बिहिबार १२:५८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमै पहिलोपटक एक व्यक्तिको आँखाको नानीबाट चार जनालाई दृष्टि दिन सकिने प्रविधि भित्रिएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानमा यो प्रविधिबाट अहिलेसम्म १५ जनाको आँखाको नानी ६० जनामा प्रत्यारोपण गरिएको प्रतिष्ठानका आँखा बैंक व्यवस्थापक शंखनारायण त्वायनाले जानकारी दिनुभयो ।

यो प्रविधिबाट एक व्यक्तिका दुइटा आँखाले चार जनालाई दृष्टि दिन सकिने उहाँले बताउनुभयो । यो प्रविधि नआउँदासम्म एक व्यक्तिको आँखा दुई जनामा मात्रै प्रत्यारोपण गर्न सकिन्थ्यो । यो प्रविधिले समस्या भएको भागमा आवश्यक परेको भाग मात्रै प्रत्यारोपण गर्न सकिने व्यवस्थापक त्वायनाले बताउनुभयो ।

२०५१ सालमा पहिलोपटक नेपालमा नै आँखा नानी निकालेर दुई व्यक्तिमा प्रत्यारोपण गरिएको थियो । यो २५ वर्षमा झण्डै १५ हजार दृष्टिविहीनले दृष्टि पाइसकेका तिलगंगा अस्पतालले जनाएको छ । यस्तै अहिलेसम्म ८० हजार जनाले आँखा दानका लागि मन्जुरी दिएका छन् ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया