विप्लवका कार्यकर्ता पक्राउ

 मंसिर ३, २०७६ मंगलबार ८:१३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – तुलसीपुरबाट विप्लवका एक जना कार्यकर्ता पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ निवासी २६ वर्षीय ठाकुरप्रसाद विक पक्राउ परेको प्रहरीले जनाएको छ ।

विक विप्लव माओवादीका दलित मुक्ति मोर्चा दाङका उपाध्याक्ष हुन् । 

दाङको तुलसीपुर उपमहानगरपालिकामा लुकीछिपी हिँडिरहेको अवस्थामा विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया