साग पुरुष क्रिकेट : नेपालले भुटानलाई १४१ रनले हरायाे

 मंसिर १९, २०७६ बिहीबार १२:२२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले भुटानमाथि १४१ रनको भारी अन्तरले हराएको छ ।

नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै २३६ रन बनाएको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले शतकीय पारी खेले । टी-२० मा पहिलो शतक बनाएका मल्ल कप्तानको रुपमा नेपालका लागि शतक बनाउने दोस्रो खेलाडी पनि बनेका छन् । यसअघि पारस खड्काले टी-२० मा शतक बनाएका थिए ।

कीर्तिपुर मैदानमा ज्ञानेन्द्र र पारसको जोडीले पहिलो विकेटका लागि १०८ रनको साझेदारी गरेको थियो । पारस अर्धशतकीय पारी खेल्दै आउट भए । पारसले २८ बलको सामना गर्दा ९ चौका र एक छक्का प्रहार गरेका थिए । यसैगरी दोस्रो विकेटको रुपमा रोहितकुमार पौडेल आउट भए । उनी ६ रन बनाए आउट भएका थिए ।

तेस्रो विकेटको रुपमा आउट भएका कप्तान मल्लले १०७ रन बनाए । ५३ बलमा शतक बनाएका ज्ञानेन्द्रले समग्रमा ९ छक्का र ५ चौका प्रहार गरे । यस्तै उप कप्तान दीपेन्द्रसिंह ऐरी ४५ रनमा नट आउट रहँदा आरिफ शेख पनि ४ रनमा अविजित रहे ।

भुटानका कर्मा दोर्जीले २ तथा तोब्दे सिंगेले १ विकेट लिए ।

आजकाे खेलमा तीन वटा रेकर्ड पनि बनेका छन् । कप्तान मल्लकाे पहिलाे शतक हाे भने नेपालले पहिलाे विकेटका लागि गरेकाे सर्वाधिक ठूलाे साझेदारी पनि हाे । यस्तै नेपालले सर्वाधिक धेरै रनकाे रुपमा रेकर्ड बनाएकाे छ । यसअघि नेपालले सन् २०१४ को टी-ट्वान्टी विश्वकपमा नेपालले हङकङलाई ८० हराएको सर्वाधिक ठूलो जित रहेको थियो ।

जवाफमा भुटान २० ओभरमा ६ विकेट गुमाउँदा मात्र ९५ रनमा रोकियो । विशाल लक्ष्य पक्ष्याएको भुटानले १८ रनमा पहिलो विकेट गुमायो । त्यसपछि भुटानले ३७ रन बनाउँदा तीन विकेट खेर फाल्यो ।

भुटानका तीन खेलाडीलेमात्र दोहोरो अंक जोड्न सके । जसमा रनजुङ दोर्जीले २७ रन बनाए भने सोनम टोग्बेले १५ र टोब्डेन सिंगेले ११ रनको योगदान गरे ।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया