सुनको भाउमा नयाँ कीर्तिमान : तोलाकाे एक लाख ७५ हजार रुपैया...
चैत ५, २०८१ मंगलबार
ओखलढुंगा, जेठ ९– खोटाङको बुइपा हुँदै ओखलढुंगा सदरमुकाम जोड्ने ३३ केभी विद्युत प्रशारण लाइन १७ वर्षपछि सम्पन्न भएको छ ।
विवाद र आयोजनाको ढिलासुस्तीका कारण २०५७ सालदेखि सुरु भएको आयोजना सम्पन्न हुन १७ वर्ष लागेको हो । आयोजना सम्पन्न भएपछि अहिले ओखलढुंगाको मोलुंग खोलाबाट उत्पादित विद्युत समेत केन्द्रीय आयोजनामा जोडिएको छ भने सदरमुकाम र आसपासमा विद्युत विस्तार सुरु भएको छ ।
२४ करोड लागतमा १७ वर्ष लगाएर आयोजना सम्पन्न गरिएको आयोजना प्रमुख चन्दबीर खड्काले बताउनुभयो । विभिन्न स्थानमा आएका अवरोध र पहिले थालेर अलपत्र छोडिएको पूरा गर्नु पर्ने आयोजना भएकाले काम सम्पन्न गर्न समय लागेको उहाँको भनाई छ । ‘हामीले काम त गएको पुसमै सम्पन्न गरेका हौं’, खड्काले भन्नुभयो, ‘अहिले विद्युत प्रशारण सुरु भएको छ ।’
केन्द्रीय विद्युत प्रशारण लाइन ओखलढुंगा जोड्ने त्यस आयोजना निर्माण सम्पन्न भएपछि ओखलढुंगामा विद्युत नियमित भएको छ । आयोजनाको पर्खाइमा बसेका ओखलढुंगाका नागरिकलाई केन्द्रीय विद्याुत प्रशारण अयोजनाको बिजुली बाल्न १६ वर्ष कुर्नु पर्यो ।
आयोजनाको लापरवाहीले बुइपा–ओखलढुंगा खण्डमा पोल गाडिएको १५ वर्षसम्म तार टाँगिएको थिएन । चौतर्फी दवावपछि दुई वर्षदेखि आयोजनाको कामले गति लिएको थियो । उदयपुरको जलजलेदेखि खोटाङको बुइपासम्मको प्रशारण लाइनमा सुधार र बुइपा सब स्टेशन चार्जको काम सकिएपछि ओखलढुंगातर्फको कामले तीव्रता पाएको हो ।
ओखलढुंगा खण्डमा सदरमुकाम ओखलढुंगामा विद्युत वितरणका लागि सब स्टेशन समेत निर्माण गर्नु पर्ने भएकाले समयमा सब स्टेशनको काम नहुँदा आयोजना प्रभावित बनेको थियो ।
सब स्टेशन बनेपछि प्रशारण लाइन स्टेशनमा जोडेर अन्यत्र विद्युत वितरण गरिएको छ । सिद्धिचरण नगरपालिका लगायतका अधिकांश आयोजना प्रशभावित क्षेत्रमा विद्युतीकरणको काम सुरु भएको छ । चिसंखुगढी र मोलुंग गाउँपालिकाका वडा स्तरमै विद्युत विस्तारका योजना बनाइएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।