आज महाशिवरात्रि : पशुपतिमा बिहानैदेखि चहलपहल, छिटोभन्दा छिट...
फागुन १४, २०८१ बुधबार
काठमाण्डौ - एनसेल प्राइभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत पहिलो हप्ताका एक विजयी चित्र कुमार सिगुलाई २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
पाँचथरका सिगु यस योजना अन्तर्गत पहिलो हप्ताका पाँच विजयीहरु मध्ये एक हुन् ।
मंसिर १ गते देखि सञ्चालनमा आएको याे योजना अन्तर्गत ग्राहकहरुले प्रत्येक हप्ता २ लाख रुपैयाँ र प्रत्येक महिना १० लाख रुपैयाँ जित्ने मौका पाउँछन् ।
योजनाको पहिलो हप्ताका पाँच विजेतामध्येका एक सिगुलाई एनसेल सेन्टर कुमारीपाटीबाट नगद पुरस्कार प्रदान गरिएकाे हाे ।
योजना अन्तर्गत दोस्रो हप्तामा विजयीहरुलाई बिर्तामोडबाट नगद हस्तान्तरण गरिने याेजना रहेकाे कम्पनीले जनाएकाे छ । मंसिर १६ मा घोषणा गरिएका दोश्रो हप्ताका ५ भाग्यशाली विजयीमध्ये तीन जना प्रमाणीकरणकाे प्रक्रियामा रहेका छन् । त्यस्तै एक जना विजेता योजनाको सर्त बमोजिम अयोग्य ठहरिएकाले दोस्रो हप्तामा वितरण भएका कोडका आधारमा तेश्रो हप्ता ती ग्राहकको ठाउँमा नयाँ भाग्यशाली ग्राहक छनोट गरिनेछ ।
यस अफरमा एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा रु १०० वा याेभन्दा बढिको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका योग्य हुन्छन् । आइतबार देखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा सञ्चालन भइरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ ।
ग्राहकहरुले रु १०० वा त्यो भन्दा बढिको ब्यालेन्स रिचार्जमा प्रत्येक रु १०० बराबरको एक विषेश कोड एसएमएस मार्फत प्राप्त गर्छन् ।
यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दावी गर्नका लागि सुरक्षित राख्नुपर्ने हुन्छ । यस योजना अन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ साढे ६ बजे एपी वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेजमार्फत पाँच भाग्यशाली ग्राहकहरुको घोषणा गरिन्छ ।
आवश्यक प्रक्रिया पुर्याएर प्रत्येक हप्ताको शुक्रबा भित्र अघिल्लो हप्ताका विजयीहरुलाई नगद पुरस्कार हस्तान्तरण गरिने कम्पनीले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।