भुटानकाे ट्रान्सपाेर्ट युनाइटेडलाई हराउँदै मच्छिन्द्र 'केपी ओली...
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै – अहिले प्रतिनिधिसभाको बैठक बसिरहेको छ । सांसदहरूले बैठकमा गाडी दुर्घटना, पालिकामा रिक्त रहेका प्रमुख प्रशासकीय अधिकृत, पाथीभरा क्षेत्रको तनावलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद रामहरि खतिवडा र देवेन्द्र पौडेलले सडक दुर्घटना न्यूनीकरणका लागि आवश्यक कदम चाल्न आवश्यक भएको र घाइतेको निःशुल्क उपचार गर्न माग गर्नुभयो । सांसद पौडेलले राति दुर्घटना हुँदा घाइतेको उद्धार गर्न सरकारसँग 'नाइटभिजन' हेलिकप्टर नहुनु दुःखद भएको बताउनुभयो ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गाउँमा सिंह पुगेका तर दरबार नपुगेको बताउनुभयो । उहाँले काठमाण्डौ महानगरको उदाहरण दिँदै प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा कर्मचारीको तलब रोकिएकोतर्फ ध्यानाकर्षण गराउनुभयो ।
आजको बैठकमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै मन्त्री पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०८१ प्रस्तुत गर्ने तथा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको आमसञ्चार परिषद् विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।