काठमाण्डाैकाे तापक्रम यस वर्षकै न्यून

 मंसिर २०, २०७६ शुक्रबार ७:३३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाैकाे तापक्रम शुक्रबार बिहान बिहीबारको भन्दा झण्डै एक डिग्री सेल्सियसले घटेको छ ।

काठमाण्डाैकाे शुक्रबार बिहानको तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यो यस वर्षकै कम तापक्रम हो ।

यसअघि बिहीबार काठमाण्डाैको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । सामान्यतया राति आकाश खुल्ला हुँदा बिहानको तापक्रम घट्छ भने बादल लागे तापक्रम बढ्छ ।

राति काठमाण्डाैको मौसम सफा भएकाले शुक्रबार बिहानको तापक्रम घटेको हो । यसअघि गएको आइतबार काठमाण्डाैको न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियसमा झरेको थियो ।

त्यसयता बढेको तापक्रम शुक्रबार फेरि घटेको हो । काठमाण्डाैको शुक्रबार दिउँसोको तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।

शुक्रबार पश्चिमी पहाडी क्षेत्रको मौसम आशिंकदेखि सामान्य बदली हुने तथा अरु ठाउँको मौसम आशिंक बदली हुने मौसमविद्ले अनुमान गरेका छन् । तर कतै पनि पानी पर्ने संभावना भने नरहेको उनीहरुको भनाई छ । 

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया