आज महाशिवरात्रि : पशुपतिमा बिहानैदेखि चहलपहल, छिटोभन्दा छिट...
फागुन १४, २०८१ बुधबार
काठमाण्डाै - ग्लोबल आईएमई र जनता बैंक मर्जरसँगै एकीकृत कारोबार सुरु भएको छ । अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार बिग मर्जरको औपचारिक शुभारम्भ गर्नुभएको हो ।
शुक्रबार बिहान भएको कार्यक्रममा मन्त्री खतिवडाले ग्लोबल आईएमई र जनता बैंक नेपाल गाभिएको घोषणासँगै एकीकृत कारोबार सुरु भएको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकलाई आपसमा गाभ्ने नीति लिएसँगै ‘क’ वर्गका यी दुई बैंक आपसमा गाभिएका हुन् । दुई वाणिज्य बैंक गाभिएपछि अब ‘क’ वर्गका वाणिज्य बैंकको संख्या २७ मा झरेको छ ।
ग्लोबल आईएमई अब ठूलो वाणिज्य बैंक
दुईवटा बैंक गाभिएसँगै ग्लोबल आइएमई बैंक देशकै ठूलो वाणिज्य बैंक बनेको छ । ग्लोबल आईएमई २० अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउने पहिलो बैंक हो ।
मर्जरपछि बैंकमा १ खर्ब २५ अर्ब निक्षेप पुगेको छ भने कर्जा प्रवाह करिब १ खर्ब रूपैयाँ बराबर भएको छ । तीन सय शाखा र २५९ एटीएम रहेको बैंकले जनाएको छ । बैंकका अनुसार कुल ग्राहक संख्या पनि २० लाख नाघ्नेछन् ।
जनतासँग मर्जअघि ग्लोबलले वाणिज्य बैंक कमर्ज एन्ड ट्रष्टसहित ११ संस्था मिसाइसकेको छ । यस्तै, जनता बैंकमा पनि ७ वटा विकास बैंक तथा फाइनान्स कम्पनी मिसिएका छन् ।
मर्जरपछि जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री एकीकृत बैंकको सीईओ र ग्लोबल आईएमईकै अध्यक्ष चन्द्रप्रसाद ढकाल एकीकृत बैंकको अध्यक्ष हुनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।