खोटाङमा डढेलो गाउँ पस्दा एक विद्यालयसहित सात घर जले
चैत ५, २०८१ मंगलबार
मोरङ, जेठ ९ – मंगलबार मोरङ जिल्ला अदालतमा साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त ‘गोरे’ भनिने चूडामणि उप्रेतीको बुधबारको बयान सकिएको छ ।
जिल्ला अदालतले ‘गोरे’को बयान बिहान पौने ११ बजेदेखि सुरु गरेको थियो । पौने ११ बजेदेखि सुरु भएको बयान दिउँसो २ बजे १ घण्टाको लागि खाजा समय बाहेक ५ बजेसम्म नै जारी रह्यो ।
गोरेको बयान सुरु भए लगत्तैबाट प्रहरीले इजलाशमा बाहिरी मान्छेलाई प्रवेशमा रोक लगाएको थियो । सम्बन्धित मुद्दाका वकिल एकजना कर्मचारी तथा न्यायाधिश बाहेकलाई इजलाशमा कसैलाई छिर्न दिइएको थिएन । तर नियमित तालिका अनुसार निकालिएका मुद्दाका पेशीहरुमा भने बहस भई नै रहेका थिए ।
साँढे पाँच घण्टासम्मको बयानमा गोरेले आफ्नो सुरक्षाको माग गरेका छन् । गोरेले प्रहरी हिरासतमा मानव अधिकार निगरानीको माग गरेका छन् । प्रहरी हिरासतमा आफू असुरक्षित रहेको भन्दै आफ्ना वकिल मार्फत जिल्ला अदालत मोरङमा मानव अधिकार निगरानीको माग गर्दै निवेदन दिएका हुन् ।
उनले यसअघिका घटनामा पनि केही व्यक्तिको हिरासतमा नै ज्यान गएकाले आफ्नो सुरक्षाको कारण देखाउँदै मानव अधिकारकर्मीको निगरानीको माग गर्दै निवेदन दर्ता गराएको उनका वकिल यमबहादुर मगरले बताउनुभयो । मानव अधिकारी तथा अधिकारवादी संस्थाको रोहबरमा हिरासतमा निगरानीको व्यवस्था मिलाउन माग गर्दै गोरेका तर्फका वकिल मगर स्वंयमले अदालतमा निवेदन दर्ता गराएका थिए ।
अदालत स्रोतका अनुसार उर्लाबारीका सनम शाक्यको हत्याको विषयमा पनि क्रमबद्ध रुपमा सोधपुछ भएको छ । उनले सिन्धुली पुग्दासम्मको विवरण बताएका छन् । उनको बयान बिहीबार पनि जारी रहनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।