रुसकाे प्रमुख सुरक्षा एजेन्सी 'एफएसबी'काे मुख्यालयमा गाेली चल्याे, सुरक्षा अधिकारीकाे ज्यान गयाे

 पुष ४, २०७६ शुक्रबार ६:५६:२४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – रुसको संघीय सुरक्षा सेवा (एफएसबी) को मुख्यालयमा गोली चलेको छ ।

रुसी सञ्चारमाध्यमका अनुसार यो घटनामा कम्तीमा एक जनाको ज्यान गएको छ भने अन्य पाँच जना घाइते भएका छन् । 

समाचार संस्था ‘इन्टरफ्याक्स’ का अनुसार एफएसबी भवनभित्र एक जना बन्दुकधारीले स्वचालित हतियार चलाउँदा एक जना अधिकारीको ज्यान गएको हो । 

सुरक्षा बलले घटना घटेको इलाकामा घेराबन्दी गरेको छ र आसपास रहेका मानिसहरुलाई भवनभित्र जानको लागि भनेको छ । 

राष्ट्रपति भ्लादिमिर पुटिनको वार्षिक पत्रकार सम्मेलनको केही घण्टामा नै यो घटना घटेको हो । 

एफएसबी रुसको मुख्य सुरक्षा एजेन्सी हो । अहिलेसम्म यो घटनाको बारेमा विस्तृत विवरण आइसकेको छैन । 

झण्डै चार घण्टासम्म चलेको राष्ट्रपति पुटिनको पत्रकार सम्मेलनसँग कुनै सम्बन्ध छ कि छैन भन्ने बारेमा पनि अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया