उमेर थपघट गरेका कारण केही भारतीय खेलाडीलाई रणजी ट्रफी खेल्न प्रतिबन्ध

 पुस १७, २०७६ बिहिबार १६:५६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

यु–१९ विश्वकप २०१८ को फाइनलमा शतक बनाएर भारतलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका मनजोत कालरालाई उमेरको गडबडीका कारण एक वर्ष रणजी ट्रफी खेल्न प्रतिबन्ध लागाइएको छ ।

दिल्ली जिल्ला क्रिकेट संघले कालरालाई एक वर्षको लागि निलम्बन गरेको हाे । कालरालाई क्लब खेलहरुमा पनि प्रतिबन्ध लगाइएको छ । अब उनका बाबुआमालाई यस निर्णयमा परिवर्तनका लागि अपील गर्ने अधिकार हुनेछ । त्यतिन्जेल उनी दिल्लीको रणजी ट्रफी टीममा सम्मिलित हने छैनन् ।

एउटा यस्तै मुद्दाका भागिदार नीतिश राणालाई रिहा गरिए पनि उनीसँग थप कागजात मागिएको छ । दिल्ली जिल्ला क्रिकेट संघका सचिव विनोद तिहराले स्थानीय समाचार संस्था पीटीआईलाई यी कुराहरु बताएका थिए ।

यस्तो मुद्दामा पनि नीतिश राणालाई दण्डित नगरिएका बारे दिल्ली जिल्ला क्रिकेट संघका सचिवले भने आश्चर्य  व्यक्त गरेका छन् । स्पस्टिकरणका लागि उनको जन्म प्रमाण पत्र सहित स्कूल कागजातहरु पनि उनीसँग माग गरिएको बताइएको छ ।

यसबाहेक उमेर गडबडीमा शंकास्पद शिवम मावीको मु्द्दालाई बीसीसीआईमा पठाइएको बताइएको छ । मावी उतर प्रदेशका लागि रणजी ट्रफी खेल्दै आएका छन् ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया