च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
काठमाण्डाै - सडक डिभिजन कार्यालय लहान, सिरहाका निमित्त डिभिजन प्रमुख विनोद साह, इन्जिनियर नविनकुमार साह र सब–इन्जिनियर विरेन्द्रकुमार साह पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई झण्डै १९ लाख रुपैयाँसहित पक्राउ गरेको हो । रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी गर्ने क्रममा ३ लाख रुपैयाँ घुस लिएको अभियोगमा निमित्त डिभिजन प्रमुख साह पक्राउ परेका हुन् । उनलाई कार्यलयको बैठक कक्षबाटै पक्राउ गरिएको आयोगले जनाएको छ ।
यस्तै, इन्जिनियर नविनकुमार साह र सब–इन्जिनियर विरेन्द्रकुमार साह १५ लाख ९६ हजार रुपैयाँ घुस सहित पक्राउ परेका छन् । सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी गर्ने क्रममा घुस लिँदै गर्दा उनीहरु कार्यालय परिसरबाटै पक्राउ परेका हुन् ।