बर्दियाको ठाकुरबाबा नगरपालिकामा खो खो खेलको लिग प्रतियोगिता शुरू

 चैत २५, २०८१ सोमबार १०:३:१३ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिका–२ रानीपुरको खो खो कभर्डहलमा हिजोदेखि खो खो खेलको लिग प्रतियोगिता शुरू भएको छ ।

हिजो पहिलो दिन भएको खो खो खेलको पहिलो खेलमा ११ अङ्क बढी ल्याएर नेचर नेष्ट टाइगरर्स (ठाकुरबाबा) अग्र स्थानमा रहेको छ । नेचर नेष्ट टाइगरर्स (ठाकुरबाबा) र डेली कन्स्ट्रक्सन राईनोस (बाँसगढी) बीचको पहिलो खेलमा नेचर नेष्ट टाइगरर्स (ठाकुरबाबा) ले ३८ अङ्क प्राप्त गरेको छ । डेली कन्स्ट्रक्सन राईनोस (बाँसगढी) ले २७ अङ्क मात्रै प्राप्त गर्‍यो ।

यस्तै दोस्रो खेलमा १७ अङ्क बढी ल्याएर कन्चन गैडहवा रोयल्स (रुपन्देही) अग्र स्थानमा छ । कन्चन गैडहवा रोयल्स (रुपन्देही) र सुदूपश्चिम किङ्ग्स बीच भएको दोस्रो खेलमा कन्चन गैडहवा रोयल्स (रुपन्देही) ले ५० अङ्क प्राप्त गरेको छ भने सुदूपश्चिम किङ्ग्सले ३३ अङ्क प्राप्त गरेको आयोजक नेपाल खो खो सङ्घले जनाएको छ ।

सङ्घका अनुसार खो खो लिग–२०८१ (ड्रिम खो खो) खेलमा पाँच वटा टोली सहभागी हुँदैछन् । प्रतियोगितामा डली कन्स्ट्रक्सन राइनोज, न्याचर नेष्ट टाइगर्स, विकास प्रेमी ब्ल्याक बक, सुदूरपश्चिम किङ्ग्स र कञ्चन गडाहवा रोयल्सले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक खगेन्द्र शाहीले जानकारी दिनुभयो ।

टोलीमा अन्तर्राष्ट्रिय एक, राष्ट्रिय दुई, प्रदेश स्तरीय तीन र जिल्लास्तरका ६ जना गरी १२ जना खेलाडी सहभागी हुनेछन् । खो खो लिग प्रतियोगिता यही चैत २८ गतेसम्म चल्ने छ । 

अन्तिम अपडेट: चैत २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया