बिग ब्याश लिग : मेलबर्न स्टार्सद्वारा मेलबर्न रेनिगेड्स ८ विकेटले पराजित

 पुस १९, २०७६ शनिबार १७:२१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

बिग ब्याश लिग क्रिकेटमा सन्दीप लामिछाने आवद्ध टिम मेलबर्न स्टार्सले पाँचौँ जित दर्ता गरेको छ । शनिबार भएको खेलमा स्टार्सले मेलबर्न रेनिगेड्सलाई ८ विकेटले पराजित गरेको हो ।

१४३ रनको लक्ष्य पछ्याएको स्टार्सले १९.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । स्टार्सको जितमा मार्कस स्टोइनिसले सर्वाधिक ६८ रन बनाउँदै नट आउट रहे । ५५ बलकाे सामना गरेका स्टोइनिसले ७ चौका र १ छक्का प्रहार गरे ।

यसैगरी ग्लेन म्याक्सवेल पनि ४० रनमा नट आउट रहे । उनले ३२ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए । निक म्याडिन्सनले १७ रन तथा बेन डंकले १५ रनको योगदान गरे ।

टस हारेर पहिला ब्याटिङ गरेको रेनिगेड्सले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४२ रन बनाएको हो ।

उसका लागि शन मार्शले सर्वाधिक ४३ रन बनाए भने ब्यू वेब्स्टरले २९ रनको योगदान गरे । यस्तै एरोन फिन्च २५ रन विल सदरल्याण्ड १६ रन बनाएर पेभेलियन फर्किए।

साम हार्परले १२ रन बनाए भने अरु खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । मेलबर्न स्टार्सका लागि नेपालका सन्दीपले सर्वाधिक ३ विकेट लिए । यस्तै डेल स्टेन र एडम जाम्पाको नाममा पनि २–२ विकेट रह्यो ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया