चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – मोनाकोलाई हराउँदै पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले फ्रेन्च लिगमा आठ अङ्कको अग्रता लिएको छ । बुधबार राति भएको खेलमा लिग लिडर पीएसजीले मोनाकोलाई चार–एक गाेल अन्तरले हरायो ।
मोनाकोमा भएको खेलमा पीएसजीलाई जित दिलाउनका लागि केलियन एम्बाप्पले दुई गोल गर्दा नेयमार र पाब्लो सर्बियाले एक–एक गोल गरे ।
यसअघिको खेलमा तीन–तीन गोलको बराबरीमा रोकिएको पीएसजीले मोनाकोको मैदानमा सानदार जित निकाल्यो । २४औँ मिनेटमा एन्जल डी मारियाको पासलाई एम्बाप्पेले गोलमा परिणत गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । इन्जुरी समयमा पाएको पेनाल्टीलाई नेयमारले गोलमा परिणत गर्दै पीएसजीलाई पहिलो हाफमा दुई–शून्यकाे अग्रता दिलाए ।
७२औँ मिनेटमा पाब्लो सर्बियाले गाेल गर्दै पीएसजीलाई तीन–शून्यकाे अग्रता दिलाए । त्यसपछि ८७औँ मिनेटमा टिमोउ बाकायोकाले गोल गर्दै पीएसजीको अग्रता छोट्याए । दोस्रो हाफको इन्ज्युरी समयमा एम्बाप्पेले ब्यक्तिगत दोस्रो गोल गर्दा पीएसजीले चार–एकको जित निकाल्यो ।
२१ वर्षे फ्रेन्च फरवार्ड एम्बाप्पेले १४ खेलबाट गोल सङ्ख्या १३ पुर्याउँदै लिग वनको सर्वाधिक गोल स्कोररको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् । मोनाकोका विसम बेन यडर १४ गोलसहित शीर्ष स्थानमा छन् ।
जितसँगै पीएसजीले २० खेलबाट ४९ अङ्क बनाएको छ । दोस्रो स्थानको मार्सेको ४१ अङ्क छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।