बीसीसीआईले केन्द्रीय सम्झौताबाट हटायाे : धोनीले सन्यास लिनसक्ने

 माघ ३, २०७६ शुक्रबार १५:४९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय क्रिकेट बोर्ड बीसीसीआईले महेन्द्र सिंह धोनीलाई नयाँ केन्द्रीय सम्झौताबाट हटाएपछि उनले अन्तराष्ट्रिय क्रिकेटबाट अब चाँडै सन्यासको घोषणा गर्ने अनुमान गरिएको छ । 

केन्द्रीय अनुबन्धमा नभएपछि क्रिकेटरहरुलाई बीसीसीआईले पारिश्रमिक दिँदैन । बुधबार मात्रै बीसीआईले अनुबन्ध गरेका खेलाडीहरुको सूची सार्वजनिक गर्दा धोनीको नाम राखिएकाे थिएन । 

धोनी विश्वकपपछि भारतीय टिममा पनि परेका छैनन् । तर, धोनी बिहीबार एकाएक नेट अभ्यासका क्रममा देखा परे । उनले आफ्नो घरेलु टिम झारखण्डका खेलाडीसँग अभ्यास गरेका हुन् ।

झारखण्ड क्रिकेट एसोसिएशनकाे स्रोतले स्थानीय सञ्चार संस्था पीटीआईसँग कुराकानी गर्दै धोनी टीमलाई नभनी अभ्यास गर्न आएका र यो उनका लागि शानदार अनुभव रहेकाे बताएकाे थियाे । उनले केही समयको लागि नेटमा ब्याटिङ्ग गरे । उनको त्यहाँ आउने बारेमा कसैलाई कुनै पनि सूचना नभएको बताइएको छ ।

गत वर्ष उनी यस सम्झौताको ग्रेड ‘ए’ मा थिए तर यस पटक भने यस्तो गरिएन । उनलाई पहिला ग्रेड ‘ए’ मा पाँच करोड दिइएको थियो । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले धोनीको सम्झौताबाट टाढा हुनको कारण कम खेलहरु भएको बताइएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया