ए डिभिजन लिग : मनाङ र थ्रीस्टारबीच दुई-दुई गोलको बराबरी

 माघ ४, २०७६ शनिबार १७:४८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टारले दुई-दुई गोलको बराबरी खेलेका छन् ।

दशरथ रंगशालामा भएको खेलमा मनाङका लागि अञ्जनको दुई गोलले पनि काम गरेन । खेलको अन्तिममा सम्हालिन नसक्दा मनाङले गोल खान पुग्यो । जसका कारण हातमा आइसकेको तीन अंक मनाङले बाँड्न बाध्य हुनुपर्‍याे ।

थ्रीस्टारले खेलको १९ औंँ मिनेटमा लाल रामाभराले फ्रीकिक मार्फत गोल गरेपछि अग्रता लिन सफल भयाे ।

त्यसपछि ३१ औंँ मिनेटमा मनाङका अञ्जन विष्टको प्रहारलाई थ्रीस्टारका गोलकिपरले बचाए ।

३९ औंँ मिनेटमा मनाङको डिफेन्सको कमजोरीको फाइदा उठाँउदै थ्रीस्टारका शिव सुवेदीले गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ४१ औंँ मिनेटमा मनाङका विमल रानाले डिबक्स भित्रबाट भएको मौकाको सदुपयो गर्न नसक्दा पहिलो हाफमा मनाङ एक-शून्यले पछाडि रह्यो ।
दोस्रो हाफको सुरुवातमा मनाङले खेल बराबरीमा पुर्यायो ।

४८ औं मिनेटमा अञ्जनलाई डिबक्समा फल गरेपछि मनाङले पाएको पेनाल्टीलाई अञ्जनले नै गोलमा परिणत गरे । जसका कारण खेल एक एकको बराबरीमा पुग्यो । ७० औं मिनेटमा मनाङले खेलमा अग्रता बनायो । यसपटक पनि अञ्जन विष्टले हेड मार्फत उत्कृष्ट गोल गरे ।

८४ औंँ मिनेटमा लालरम्मावियाले थ्रीस्टारका लागि गोल गर्दै खेल बराबरीमा पुर्याए । उनले उनले रिबाउण्डमा गोल गरेका थिए ।

यो बराबरीपछि मनाङले सात खेलमा १३ अंक बनाएको छ । तर गोल अन्तरका आधारमा मनाङ तेस्रो स्थानमा कायम छ । जारी लिगमा अपराजित रहने मनाङ एक्लो टिम बनेको छ । थ्रीस्टारको सात खेलमा ११ अंकका साथ पाँचौ स्थानमा झरेको छ ।

लिगमा शिर्ष तीन क्लवको समान १३–१३ अंक भएको छ । शिर्ष स्थानको आर्मीको छ खेलमा १३ अंक छ भने दोस्रो स्थानको मच्छिन्द्रको १३ अंक नै छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया