राेहितकाे शतक, अस्ट्रेलियाविरुद्धकाे एकदिवसीय सिरिज भारतलाई

 माघ ६, २०७६ सोमबार ६:२४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलियाविरुद्धको एकदिवसीय क्रिकेटको सिरिज भारतले जितेको छ ।

अन्तिम तथा निर्णायक खेलमा अस्ट्रेलियाले दिएको दुई सय ८७ रनको लक्ष्य पछ्याएको भारतले तीन विकेट गुमाएर ४७ दशमलव ३ ओभरमा लक्ष्य भेट्यायाे ।

पहिलो खेलमा पराजित भएको भारत दोस्रो र तेस्रो खेलमा जित हात पार्दै सिरिजकाे हकदार भएकाे हाे । भारतका नियमित ओपनर शिखर धवन घाइते भएपछि उनको ठाउँमा केएल राहुल र रोहित शर्माले ओपनिङ गरेका थिए ।

राहुल र शर्माले पहिलो विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए । राहुल १९ रन बनाएर आउट भए । त्यसपछि रोहित र कप्तान विराट कोहलीले एक सय ३७ रनको साझेदारी गरे । रोहितले एक सय १० बलमा शतक पूरा गरे । याे रोहितको एकदिवसीय क्रिकेटमा २९औँ शतक पनि हो ।

टिमको स्कोर दुई सय ६ रन हुँदा रोहित एक सय १९ रन बनाएर आउट भए ।  त्यसपछि कप्तान कोहली र श्रेयस अय्यरले ६८ रनको साझेदारी गर्दै जितनजिक पुगेका थिए । कोहली ४५ दशमलव ५ ओभरमा भारतको स्कोर दुई सय ७४ हुँदा ८९ रन बनाएर आउट भए ।

त्यसपछि अय्यर र मनिष पाण्डेले भारतलाई सात विकेटको जित दिलाए । अय्यर ४४ रनमा अविजित रहँदा पाण्डेले पनि अविजित आठ रन बनाए । अस्ट्रेलियाका जोस हेजलउड, एश्टन अगर र एडम जम्पाले एक–एक विकेट लिए ।

बेङ्ग्लाेरमा टस जितेर अस्ट्रेलियाले ब्याटिङ रोजेको थियो । अस्ट्रेलियाको सुरुवात भने राम्रो हुन सकेन । 'हार्ड–हिटर' ओपनर ब्याट्सम्यान डेभिड वार्नर टिमको स्कोर १८ रन हुँदा आउट भए । उनी तीन रनमा पेभेलियन फर्किए । त्यसपछि क्रिजमा आएका स्टेभन स्मिथ र आरोन फिन्चले पारी अघि बढाए ।

फिन्च पनि व्यक्तिगत १९ रन जोड्दै आउट भएपछि अस्ट्रेलियाले दोस्रो विकेट ४६ रनमा गुमाएको थियो । स्मिथ र मार्नस लाबुसेनले एक सय २७ रनको साझेदारी गर्दै अस्ट्रेलियाको इनिङ्स उकासेका थिए ।

लाबुसेन अर्धशतक बनाउँदै आउट भए । उनले ५४ रनको योगदान गरे । त्यसलगत्तै मिचेल स्टार्कले खाता नै नखोलि आउट हुँदा अस्ट्रेलियाले चौथो विकेट गुमाएको थियो । स्मिथ र एलेक्स केरीले फेरि ५८ रनको साझेदारी गर्दै टिमकाे स्कोर दुई सय रन कटाए । एश्टन टर्नर ४ रन बनाएर आउट भएका थिए ।

त्यसपछि स्टेभन स्मिथ शतक बनाएर आउट भए । उनी एक सय ३१ रन बनाएर आउट हुँदा अस्ट्रेलियाको स्कोर ४७ दशमलव ४ ओभरमा दुई सय ७३ थियाे ।प्याट कुमिन्स खाता नै नखोलि आउट हुँदा एडम जम्पाले एक रन जोडे ।

यस्तै एश्टन अगर ११ र जोस हेजलउड १ रनमा अविजित रहे । भारतका मोहम्मद शमीले चार विकेट लिँदा रविन्द्र जडेजाले दुई विकेट हात पारे । राेहित शर्मा प्लेयर अफ् द म्याच बन्दा भारतीय कप्तान प्लेयर अफ् द सिरिज भएका छन् ।

याे खेलमा राेहितले एकदिवसीय क्रिकेटमा नाै हजार रन कटाउँदा काेहलीले पनि कप्तानकाे रुपमा पाँच हजार रन कटाए । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया