मेस्सीकाे निर्णायक गाेल, बार्सिलाेनाले ग्रानाडालाई हरायाे

 माघ ६, २०७६ सोमबार ७:१८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लियोनल मेस्सीको दोस्रो हाफको गोल निर्णायक बन्दा नयाँ प्रशिक्षक क्विक सेटिनले बार्सिलोना यात्रा जितका साथ आरम्भ गरेका छन् ।

बार्सिलोनाले १० खेलाडीमा झरेको ग्रानाडालाई एक–शून्यले हराए पनि घरेलु टिमले सन्तोषजनक प्रदर्शन गर्न सकेन । बार्सिलोनाले ८३ प्रतिशत बल पोसेसन कायम गरेको थियो । सेटिनको रणनीतिअनुसार टिमलाई घुल्न पनि केही असहज भएको देखिन्थ्यो ।

खेलमा बार्सिलोनाले १५ पटक ग्रानाडाको पोस्टमा आक्रमण गरेको थियो । ग्रानाडाको बलियो डिफेन्स तोड्न निकै कसरत गर्नु परेको थियो । ६९औँ मिनेटमा जर्मन सान्चेज रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि ग्रानाडाको डिफेन्स कमजोर भयो । त्यसको सात मिनेटपछि नै मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

जितसँगै बार्सिलोना ला लिगा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाले २० खेलबाट ४३ अङ्क बनाएको छ । समान अङ्क भएको रियल मड्रिड गोल अन्तरका आधारमा दाेस्राे स्थानमा छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया