ए डिभिजन लिग : साताैँ चरणकाे अन्तिम दिन दुई खेल हुँदै

 माघ ६, २०७६ सोमबार ११:२८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कतार एअरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत साेमबार सातौँ चरणका अन्तिम दिन दुई खेल हुँदैछ । दुवै खेल सातदोबाटाेकाे एन्फा मैदानमा हुने छ ।

मध्याह्न १२ बजे हुने पहिलाे खेलमा ब्रिगेड ब्वाइज र सङ्कटा क्लब प्रतिस्पर्धा गर्दैछन् । ब्रिगेड ब्वाइज जारी लिगमा १०औँ स्थानमा छ भने सङ्कटा आठौँ स्थानमा छ । याे खेलमा विजयी हुने टिम सातौँ स्थानमा पुग्ने छ ।

यस्तै दाेस्राे खेलमा च्यासल युथ क्लब र त्रिभुवन आर्मी खेल्दै छन् । आर्मी १३ अङ्कसहित शीर्ष स्थानमा छ भने च्यासल ६ अङ्कसहित १२औँ स्थानमा छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया