विग ब्यास लिग : मेलवर्नलाई सिड्नीले दियो १४४ रनको लक्ष्य, सन्दीपले लिए २ विकेट

 माघ ६, २०७६ सोमबार १५:४२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

विग ब्यास लिग क्रिकेटमा मेलवर्न स्टार्ससलाई सिड्नी सिक्सर्सले १४४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको सिड्नीले ३ विकेट गुमाएर १४३ रन बनाएको हो । 

३.१ ओभर खेलेसँगै वर्षाले प्रभावित गरेपछि खेल १४ ओभरमा झारिएको थियो । त्यसपछि सम्हालिएर प्रदर्शन गरेको सिड्नीले उत्कृष्ट ब्याटिङ गर्‍यो । नेपाली लेगस्पिनर सन्दीपले मेलवर्नका लागि सुरुमै २ विकेट लिँदै सफलता दिलाए पनि त्यस लयलाई सन्दीप र उनको टिमले कायम राख्न सकेन । सिड्नीका मोएस हेरिक्विसले ३१ बलमा ७२ रनको शानदार पारि खेले । उनले ८ छक्का र २ चौका प्रहार गरे ।

यस्तै जेम्स भिन्सले नट आउट ४१ रन बनाए । सुरुका दुई ओपनरलाई भने सन्दीपले आउट गरेका थिए । तीन ओभर बलिङ गर्दा ३८ रन खर्चिएर सन्दीपले २ विकेट लिएका हुन् । उनले आफ्नो पहिलो ओभरमै २ विकेट लिन सफल लिएका थिए । व्यक्तिगत पहिलो ओभर लिएर सन्दीप पाँचौं ओभरमा आएका थिए ।

पहिलो र दोस्रो बलमा एक एक रन खर्चिएका सन्दीपले तेस्रो बल डट राखे । चौथो बलमा डेनियल ह्युग्सलाई आउट गरेका थिए । उनी १४ रन बनाएर पेभेलियन फर्किए । पाँचौं बलमा १ रन खर्चिएका सन्दीपले अन्तिम बलमा पनि विकेट हात पार्न सफल भए । उनले जोस फिलिपेलाई आउट गरे । उनी १० रन बनाएर आउट भए ।

सन्दीपले आफ्नो स्पेलको पहिलो बलमा दुवै ओपनरको विकेट लिएका हुन् । सन्दीपले पहिलो ओभरमा ३ रन दिएर २ विकेट लिए । तर दोस्रो ओभरमा ११ रन दिए भने तेस्रो ओभरमा २४ रन दिएका थिए ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया