यो वर्ष विश्वभर १ करोड ७० लाख वटा विद्युतीय गाडी बिक्री हुने ...
बैशाख ११, २०८१ मंगलबार
काठमाण्डाै – स्पेनिस क्लब रियल मड्रिडले ब्राजिली युवा खेलाडी रिनियर जिससलाई अनुबन्धन गरेको छ ।
रियल मड्रिडले १८ वर्षीय जिससलाई २६ मिलियन पाउण्डमा भित्र्याएको हो । उनी ६ वर्षका लागि रियल मड्रिडमा अनुबन्धन भएका हुन् ।
गएकाे वर्षमात्र क्लबस्तरमा फ्लेमिङ्गोबाट डेब्यू गरेका जिससकाे टिमले उपाधि जित्दा उनी महत्वपूर्ण सदस्य थिए ।
जिसस सन् २०१८ मा दुबईमा भएको यू–१६ विश्वकपका सर्वाधिक गोलकर्ता बनेका थिए । यसका साथै उनले कतारमा क्लब विश्वकप पनि खेलेका थिए ।