शीर्ष वरीयताका राफेल नाडाल अष्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश

 माघ ७, २०७६ मंगलबार १४:३२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

शीर्ष वरीयताका राफेल नाडल अष्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । 

नाडालले बोलिभियाका ह्युगो डेलिनलाई ३–० को सोझो सेटमा हराउँदै दोस्रो चरणको यात्रा सुरक्षित गरे । २०औँ ग्राण्डस्लाम तथा दोस्रो अष्ट्रेलियन ओपन जित्ने लक्ष्यमा रहेका नाडलले डेलिनलाई ६–२, ६–३ र ६–० को सोझो सेटमा हराए । 

महिला सिंगल्सतर्फ १२औँ वरियताकी बेलायती खेलाडी जोहान्न कोन्टा भने छनोट चरण पार गरेर आएकी ट्युनिसियाकी ओन्स जाबेरसँग ६–४ र ६–२ को सोझो सेटमा पराजित भइन् । 

दोस्रो वरीयताकी क्यारोलियना प्लिस्कोभा दोस्रो चरणमा प्रवेश गरेकी छिन् । 

पहिलो चरणको खेलमा फ्रान्सकी क्रिष्टिना म्लादेनोभिचलाई २–० को सोझो सेटमा हराउँदै चेक गणतन्त्रकी प्लिस्कोभा दोस्रो चरणमा प्रवेश गरेकी हुन् । 
छनोट चरण पार गरेर आएकी म्लादेनोभिचलाई प्लिस्कोभाले ६–१ र ७–५ ले हराएकी थिइन् ।

छैटौँ वरियताकी बेलिन्दा बेनकिक पनि दोस्रो चरणमा स्थान बनाउन सफल भइन् । स्वीस खेलाडी बेनकिकले स्लोभाकियाकी अन्ना क्यारोलिना सिमिड्लोभालाई ६–३ र ७–५ ले हराइन् ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया