नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको तलब बढाउने क्यानकाे तयारी

 माघ ७, २०७६ मंगलबार २०:३८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको तलब बढाउने तयारी गरेको छ ।

क्यानले अमेरिका र ओमानसँगको सिरिजपछि खेलाडीको श्रेणी बनाएर तलब बढाउने गृहकार्य थालेको हो ।गएको महिना बसेको क्यानको बैठकमा समेत खेलाडीको नयाँ श्रेणी बनाउँदै तलबमा वृद्धि गर्ने बिषयमा छलफल भएको थियो ।

खेलाडीको तलबमा कति वृद्धि गर्ने भन्ने विषयमा अर्को बैठकको छलफलबाट टुंगो लाग्ने क्यानले जनाएको छ  । 

अन्तिम अपडेट: जेठ २७, २०७७

तपाईको प्रतिक्रिया