क्विन्टन डी कक दक्षिण अफ्रिकाकाे नयाँ कप्तान

 माघ ८, २०७६ बुधबार ६:३०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – क्विन्टन डी कक दक्षिण अफ्रिकाको कप्तान नियुक्त भएका छन् । फाफ डु प्लेसीलाई पन्छाउँदै डी ककलाई एकदिवसीय टिमको कप्तान बनेका हुन् ।

डी ककले इङ्ग्ल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा कप्तानी गर्ने छन् । उनकै कप्तानीमा इङ्ग्ल्याण्डविरुद्धकाे सिरिजका लागि टिम पनि घोषणा गरिएको छ । फाफ डु प्लेसीलाई इङ्ग्ल्याण्डविरुद्धकाे सिरिज बाहिर पनि राखिएको छ ।

टिममा नयाँ पाँच जना खेलाडीले स्थान बनाएका छन् । लुथो सिम्पाला, कायल वेरिएन, सिसान्डा मगला, जानमेन मलनार र बिजाेर्न फर्चुइन रहेका छन् । यस्तै कागिसो रबाडालाई पनि आराम दिइएकाे छ ।

क्रिस मरिस र डुवेनले कमब्याक गर्न असफल भएका छन् । यस्तै तबरेज शम्सी, लुङ्गी एन्गिडी, जोन जाेन स्मट्सले भने टिममा स्थान पक्का गरेका छन् । तर उनीहरुले पहिला फिटनेस टेस्ट पास गर्नुपर्ने छ ।

डी ककले एक सय १५ एकदिवसीय क्रिकेटमा १४ शतक तथा २४ अर्धशतकको मद्दतले चार हजार ९ सय सात  रन बनाएका छन् । अस्ट्रेलियाविरुद्ध बनाएको एक सय ७८ रनको स्कोर उनको उच्च प्रदर्शन हो ।

दक्षिण अफ्रिका क्रिकेटका निर्देशक ग्रेम स्मिथले भने ‘डी ककको विशेषता सबैलाई थाहा छ, यसले दक्षिण अफ्रिका टिमलाई पनि राम्रो गर्ने छ ।’

इङ्ग्ल्याण्डविरुद्धकाे एकदिवसीय सिरिजका लागि यस्ताे दक्षिण अफ्रिकी टिम–

क्विन्टन डी कक (कप्तान/विकेटकीपर), रेजा हेन्ड्रिक्स, तेम्बा बभुमा, रेसी भान डर डुसेन, डेविड मिलर, जाे जाेन स्मट्स, एन्डिल फेहलुकवायो, लुङ्गी एन्गिडी, लुथो सिम्पाला, तबरेज शम्सी, सिसान्डा मगला, बिजाेर्न फर्चुइन, ब्युरन हेन्ड्रिक्स, जानेमन मलन र कायल वेरियन । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया