म्याग्दीको बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले शेफिल्ड युनाइटेडमाथि जित निकालेको छ । बेन्चमा रहेका सर्जियो अग्युराेले मैदान प्रवेश गरेकाे ६ मिनेटमै गोल गर्न सफल भएपछि सिटीले शेफिल्डलाई एक–शून्यले हरायो ।
शेफिल्ड युनाइटेडको मैदानमा भएको खेलमा ग्याब्रियल जेससले प्रहार गरेको पेनाल्टी शेफिल्डका गोलकिपरले रोकेपछि पहिलो हाफमै सिटीले अग्रता लिने मौका गुमाएको थियो । ६७औँ मिनेटमा मैदान प्रवेश गरेका अग्युरोले ७३औँ मिनेटमा केभिन डी ब्रुयनको पासलाई गोलमा परिणत गरेका थिए ।
त्यसको केही सेकेण्ड अघिमात्र शेफिल्डले गोल गर्ने राम्रो मौका पाएको थियो । जसमा ओली म्याकबुर्नीले खाली पोस्टमा गोल गर्ने मौका गुमाएका थिए ।
जितसँगै सिटीले तालिकामा ५१ अङ्क बनाएको छ । सिटी लिभरपुलभन्दा १३ अङ्कले पछि छ भने तेस्रो स्थानको लेस्टर सिटीभन्दा ६ अङ्कले अघि छ । शेफिल्ड भने ३३ अङ्कसहित सातौँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।