चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टिमले इङ्ग्ल्याण्डको 'सी' डिभिजनकाे टिमसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र इङ्ग्लिस फुटबल एसोसियशनबीच दुई वटा मैत्रीपूर्ण खेलका लागि आधिकारिक सम्झौता भएको हो ।
नेपाली टिम सन् २०२० को मे महिनामा इङ्ग्ल्यान्डको भ्रमणमा निस्कने छ । खेल आगामी मे २५ मा ७ हजार दर्शक क्षमता रहेको अल्डरसट फुटबल क्लबकाे मैदानमा हुनेछ ।
यस्तै सन् २०२१ को मे महिनामा इङ्ग्ल्यान्डको टिम नेपाल आउने छन् । नेपालमा हुने खेलको मिति भने तय भएको छैन । हाेम एण्ड अवेका आधारमा मैत्रीपूर्ण खेल हुन लागेकाे हाे ।
मैत्रीपूर्णका लागि सम्झौता गर्न इंग्ल्यान्ड फुटबलका एन्ड्री सा र लाउरेन जोन्स सोमबार नेपाल आएका थिए । नेपाल र बेलायतबीचको दौत्य सम्बन्ध २ सय ४ वर्ष पुगेको उपलक्ष्यमा मैत्रीपूर्ण खेल हुन लागेको हो ।
सम्झौतामा इङ्ग्लिस फुटबल सङ्घका प्रतिनिधि लोरेन जोन्स र एन्डरसन तथा एन्फाबाट अध्यक्ष कर्माछिरिङ शेर्पाले हस्ताक्षर गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।