ए डिभिजन लिग : फ्रेण्ड्स क्लबलाई एक-शून्यले पराजित गर्दै संकटा साताैँ स्थानमा

 माघ ११, २०७६ शनिबार २०:२३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत दोस्रो खेलमा संकटा क्लब विजयी भएको छ । 

फ्रेण्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै संकटा सातौँ स्थानमा उक्लिएको हाे ।

दशरथ रंगशालामा शनिबार भएको खेलमा संकटाको जितका लागि अजयी मार्टिन्सको एक गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बनेको खेलको ६४ औँ मिनेटमा मार्टिन्सले सुवास गुरुङको फ्री किकलाई हेडरमार्फत जालीको दिशा दिएका थिए ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया