बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डाै – सिप्रदी ट्रेडिङ प्रालीको एक्साइड ब्याट्रीले आफ्ना प्रमुख डिलरका प्रतिनिधिलाई रुस भ्रमण गराएको छ ।
एक्साइड ब्याट्रीको सोलार सेग्मेन्टको नयाँ योजनाअन्तर्गत दिइएको लक्ष्य हासिल गरेका डिलरहरूलाई रुस भ्रमणमा लगिएको हो । भ्रमणका क्रममा एक्साइड ब्याट्री नेपालका महाप्रबन्धक सुरेश कुमार तिवारीसँगै डिलरहरूले रुसका मुख्य शहरहरू मस्को तथा सेन्ट पिटर्सबर्ग घुमे ।
भ्रमणमा जानेहरू विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू र क्रुज डिनरमा सहभागी भएकाे कम्पनीले जनाएको छ ।
एक्साइड ब्याट्री नेपालका महाप्रबन्धक तिवारीले सहभागीहरूलाई मायाको चिनो प्रदान गर्दै कम्पनीप्रतिको निरन्तर साथका लागि डिलरहरूलाई धन्यवाद दिनु भएको छ ।
कम्पनीप्रति डिलरहरूको निरन्तर साथ, आउने दिनमा सहकार्यलाई थप मजबुत बनाउन र ब्राण्डकाे प्रतिबद्धताअनुसार भ्रमणको आयोजना गरेको कम्पनीले जनाएको छ ।
देशकै नम्बर एक ब्याट्री ब्राण्ड एक्साइड मुख्यतः अटोमेटिभ, मोटरसाइकल, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्दछ । व्यवसाय सहज तथा प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि कम्पनीको नेपालभर बृहत् सेल्स तथा सर्भिस समूह रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।