चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार एउटा मात्र खेल हुँदैछ ।
सातदोबाटोमा रहेकाे एन्फा कम्प्लेक्स मैदानमा दिउँसो तीन बजे हुने खेलमा डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी र सङ्कटा क्लब प्रतिस्पर्धा गर्दैछन् ।
गएकाे संस्करणको विजेता मनाङ लिग लिडर त्रिभुवन आर्मी क्लबभन्दा चार अङ्कले पछि छ । शीर्ष स्थानमा रहेको आर्मीको २० अङ्क छ भने मनाङको १६ अङ्क छ ।
उपाधि रक्षा अभियानमा मनाङलाई याे खेलकाे तीन अङ्क निकै महत्वपूर्ण छ । उसले आठ खेलमा चारमा जित र चारमा बराबरी खेलेको छ । याे सिजनकाे लिगमा एक खेल पनि नहार्ने टिम मनाङ हो । त्यही अपराजित यात्रालाई कायम राख्दै मनाङ उपाधि रक्षा अभियानमा बलियो हुन चाहन्छ ।
गएकाे संस्करणको उपविजेता सङ्कटा भने यो संस्करणमा प्रभावशाली देखिएको छैन । आठ खेल सकिँदा सङ्कटाले तीन जित, तीन बराबरी र दुई हारको नतिजा निकालेको छ । सङ्कटाले १२ अङ्क बनाएको छ ।
उपाधि जित्ने अभियानबाट बाहिरिसकेको सङ्कटा शीर्ष ६ मा स्थान बनाउने दाउमा छ । सङ्कटा छैटौँ स्थानको एनआरटीभन्दा दुई अङ्कले पछि छ ।एनआरटीको १४ अङ्क छ भने सङ्कटा १२ अङ्कसहित सातौँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।