आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विका...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा अफगानिस्तानका मोहम्मद शहजाद पनि खेल्ने भएका छन् ।
उनलाई चितवन टाइगर्सले पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको जनाएको छ । अफगानिस्तानी टिमका विस्फोटक ओपनिङ ब्याट्सम्यान शहजादले यसअघि आबुधाबी टी–२, बङ्गलादेश प्रिमियर लिग र अफगानिस्तान प्रिमियर लिग खेलिसकेका छन् ।
उनले सन् २०१७ को जनवरीमा बिहान र बेलुका लगातार अर्धशतक बनाउँदै डिजर्ट २०–२० को उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका थिए । उनले अफगानिस्ताबाट २ टेस्ट, ८४ एकदिवसीय र ६५ टी–२० खेलेका छ्न् ।
डिभिजन ५ मा रहेको अफगानिस्तानलाई एकदिवसीय र टेस्ट मान्यता दिलाउन ठूलो योगदान शहजादको पनि रहेको छ ।
चितवन टाइगर्सकी निर्देशक विनिता चौधरी भट्टराईले सहजादसँग लामो छलफलपछि खेल्न सहमत भएको विज्ञप्तिमार्फत जानकारी गराएकी छिन् । साथै उनले अरु विदेशी खेलाडीहरुसँग पनि छलफल भइरहेको बताइन् ।
यसअघि वेस्ट इण्डिजका ड्वेन स्मिथ र श्रीलङ्काका उपुल थारंगा पनि ईपीएल खेल्न अनुबन्ध भैसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।