क्रिस गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउने पक्का

 माघ १६, २०७६ बिहिबार १५:३५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आसन्न एभरेष्ट प्रिमियर लिगका लागि वेष्ट इन्डिजका विस्फोटक खेलाडी क्रिस गेल नेपाल आउने पक्का भएको छ । गेललाई पोखरा राइनोजले इपीएलका लागि नेपाल ल्याउने लागेको हो ।

लामो समयको प्रयासपछि गेलले ईपीएल खेल्न राजी भएको पोखरा राइनोजले जनाएको छ । उनी पोखराको आइकनिक खेलाडीसमेत रहेका छन् । ईपीएलको सफलताले गर्दा गेलले नेपालमा खेल्न राजी भएको टिमका मालिक दिपा अग्रवालले बताउनुभयाे । उनलाई नेपाल ल्याउनका लागि ६ महिना मेहेनत गरेको टिमको भनाइ छ ।

गेल नेपाल आएपछि सबैले सेलिब्रेसन गर्ने इपीएल आयोजक जोरा स्पोर्टस म्यानेजमेन्टका प्रबन्ध निर्देशक आमिर अख्तरले बताउनुभयाे ।

ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Sandhya Nepal

    Jan. 30, 2020, 3:43 p.m.

    Really really exited for the big day!😀😀😀

  •  0 Reply

तपाईको प्रतिक्रिया