बझाङकाे साइपाल गाउँपालिकामा रुखबाट लडेर एक जनाको ज्यान गयाे

 माघ १८, २०७६ शनिबार १८:४:५६ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - साइपाल गाउँपालिकामा रुखबाट लडेर एक जनाको ज्यान गएको छ ।

साइपाल गाउँपालिका वडा नम्बर १ बस्ने २६ वर्षीया पर्या बोहरा भेडा चराउन गएको समयमा दिउँसो रुखबाट लडेर गम्भीर घाइते भएकाे र उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्दा गर्दै झण्डै ३ घण्टापछि मृत्यु भएको साइपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताउनु भयो ।

भेडा चराउन गएका बोहरा स्याउला काट्ने क्रममा साइपाल गाँउपालिका-१, को गणभट्ट भन्ने ठाँउमा रुखबाट लडेर गम्भीर घाइते हुनुभएकाे थियाे । गाँउपालिकामा सुविधा सम्पन्न स्वास्थ्य चौकी नहुँदा बेला बेलामा यहाँका स्थानीय बासिन्दाले उपचारमा समस्या झेल्दै आउनुपरेको छ ।

सदरमुकाम चैनपुरबाट झण्डै तीन दिनको पैदल यात्रापछि पुगिने साइपाल गाउँपालिकामा सडक तथा सवारी साधन नपुगेका कारण पनि ठूलो दुर्घटना हुँदा जोखिम हुने गरेको स्थानीय बताउँछन् । 

अन्तिम अपडेट: चैत १२, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया