चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – इङ्गलिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा रहेको साविक विजेता म्यानचेस्टर सिटीले टोटनह्यामसँग पराजय भोगेको छ ।
अन्तिम ३० मिनेट १० खेलाडीमा समेटिएको सिटीले त्यसयता २ गोल खाएकाे छ । सिटीको हारपछि लिभरपुलले शीर्ष स्थानमा २२ अङ्कको अग्रता कायमै राखेको छ । यसको अर्थ लिभरपुललाई प्रिमियर लिगको उपाधि जित्न अझै सहज हुनेछ ।
२५ खेलबाट लिभरपुलको ७३ र सिटीको ५१ अङ्क छ । जितपछि टोटनह्यामले भने ३ स्थान सुधार गरी पाँचौं स्थानमा पुगेको छ । टोटनह्यामले समान २५ खेलबाट ३७ अङ्क भएको छ ।
खेलको ४० औं मिनेटमा पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्न नसक्दा सिटीले अग्रता लिन चुकेको थियो । सर्जियो एग्युरोलाई टोटनह्यामका डिफेन्डर सेर्गी अरिअरले बक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा गुन्डोगानको प्रहार गोलरक्षक ह्युगो लोरिसले रोकेका थिए ।
रिवाउन्ड बल कलेक्ट गर्न लागेका रहिम स्टर्लिङलाई लोरिसले डाइभ गरेर लडाएपछि सिटीले पुन: पेनाल्टीको अपिल गरे पनि भिडियो असिस्टेन्ट रेफ्रीले इन्कार गरिदिएको थियो । खेलको ६० मिनेटसम्म सिटीले २ दर्जनभन्दा बढी गोलको अवसर खेर फालेको थियो ।
ह्यारी विंक्सलाई फल गरेपछि ओलेक्जान्दर जिनचेन्कोले रातो कार्ड पाएसँगै सिटी ६१औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । त्यसपछि खेलमा घरेलु टोलीको प्रभुत्व रहन थाल्यो ।
६३ औं मिनेटमै प्रिमियर लिगमा डेब्यु गरेका डच स्ट्राइकर स्टेभन बर्ग्विनले टोटनह्यामलाई अग्रता दिलाए । उनले लुकास माउराको पासमा गोल गरेका हुन् ।
७१ औं मिनेटमा टोटनह्यामले अग्रता दोब्बर बनायो । सन ह्युङ मिनले बक्स बाहिरबाट गरेको प्रहार आकर्षक गोलमा परिणत भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।