चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत दशौं चरणको खेलमा सोमबार डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लब भिड्दैछन्।
सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो तीन बजे सुरु हुनेछ । लिगमा मनाङ मर्स्याङ्दी १९ अङ्क सहित तेस्रो स्थानमा छ । लिगको शीर्ष स्थानमा रहेको त्रिभूवन आर्मी क्लबको २३ अङ्क छ । च्यासललाई हराएमा मनाङले आर्मीसँगको दूरी एक अङ्कमा झार्नेछ । पराजय वा बराबरी भएमा मनाङको उपाधि रक्षाको अभियानमा धक्का लाग्नेछ ।
लिगमा मनाङले अहिलेसम्म पराजय भोगेको छैन । नौ खेल सकिदा मनाङले पाँच जित र चार बराबरीको नतिजा निकालेको छ । च्यासललाई भने रेलिगेसनको दबाब छ । च्यासल नौ अङ्क बनाउँदै १०औं स्थानमा छ ।
च्यासलले जम्मा दुई खेलमा जित निकालेको छ भने तीनमा बराबरी र चार खेलमा पराजय भोगेको छ । सोमबारको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र जावलाखेल युथ क्लब प्रतिष्पर्धा गर्नेछन् ।
जावलाखेल तीन जीत, तीन बराबरी र तीन हारका साथ १२ अङ्क बनाउँदै आठौं स्थानमा छ । ब्रिगेड ब्वाइज क्लब भने आठ अङ्क सहित एघारौं स्थानमा छ । रेलिगेसनबाट जोगिनका लागि ब्रिगेड ब्वाइजलाई तीन अङ्क महत्वपूर्ण हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।