चीनबाट आयात रोकिएसँगै सुकेको लसुनको भाउ आकासियाे

 माघ २१, २०७६ मंगलबार ९:२१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चीनबाट आयात रोकिएसँगै लसुन झण्डै तीन गुणाले महँगो भएको छ ।

एक महिनाअघि किलोको दुई सय ४५ रुपैयाँ खुद्रा मूल्य रहेको लसुनको भाउ बढेर किलोको ६ सय पाँच रुपैयाँ पुगेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

आयात बन्द भएसँगै व्यापारीले यसअघि नै ल्याएको लसुनको भाउ बढाएका हुन् । कोरोना भाइरसको सङ्क्रमण बढेपछि चीनवाट आयात रोकिँदा लसुनको भाउ बढेको कालिमाटी थोक व्यवसायी सङ्घका अध्यक्ष भरत खतिवडाले बताउनु भयो ।

अहिले आयात ठप्प रहेको र गोदाममा भण्डारण गरिएको लसुन पनि सकिन लागेकोले अब केही दिनमा बजारमा सुकेको लसुन नपाइने उहाँको भनाइ छ । नेपालमा बर्सेनि करोडौँ रुपैयाँको सुकेको लसुन चीनबाट आयात हुने गरेको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया