काेराेना भाइरस : चीनमा उत्पन्न समस्याप्रति नेपाली पर्यटन व्यवसायीद्वारा दुःख व्यक्त

 माघ २१, २०७६ मंगलबार १४:५०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चीनको वुहानबाट देखापरेको कोरोना भाइरसको संक्रमणले उत्पन्न समस्याप्रति नेपाली पर्यटन व्यवसायीहरुले दुःख व्यक्त गरेका छन् ।

होटल संघ नेपाल (हान) र नेपाल भ्रमण वर्ष सचिवालय २०२० ले संयुक्त विज्ञप्तिमार्फत अफ्ठ्यारो परिस्थितिसँग जुध्न चीन सरकारले गरिरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै दुःख व्यक्त गरेका हुन् ।

हानका अध्यक्ष सृजना राणाले भ्रमण वर्षको सुरुवाती महिनामा केही चिनियाँ पर्यटकहरु कम आउने भए पनि होटलमा भएका पाहुनाहरुलाई कोरोना भाइरसको पूर्व सावधानी अपनाउन र संकेत देखिनेबित्तिकै अस्पताल लैजान परिपत्र गरिसकेको बताउनुभयो ।

विश्वमा देखिएको भाइरसको संक्रमणबाट पर्यटन व्यवसायी र नेपाल भ्रमण वर्ष २०२० को सचिवालय विचलित नभइ अन्य छिमेकी मुलुकहरुबाट लक्ष्य अनुसार पर्यटक भित्र्याउन अहोरात्र खटिरहेको उहाँले बताउनुभयो । भात, बंगलादेश, मध्यपूर्व, दक्षिण पूर्वी एसिया लगायतका मुलुकबाट पर्यटक भित्र्याउन खटिरहेको जानकारी उहाँले दिनुभयो ।

नेपाल भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले चिनियाँ पर्यटकहरु कम हुँदा होटल व्यवसायी मात्रै नभएर कृषक र ट्याक्सी चालकहरुलाई समेत समस्या परेको बताउनुभयो । नेपाल भ्रमण वर्षको प्रचारसँगै कोरोना भाइरसका विषयमा पनि सचेत रहन र यसबाट कसरी जोगिने भन्ने विषयमा सन्देश दिन अभियान नै सञ्चालन गरिएको बताउनुभयो ।

गएकाे डिसेम्बरमा चीनमा देखा परेको कोरोना भाइरसको संक्रमणबाट ४ सयभन्दा बढीको मृत्यु भएको छ । विभिन्न देशमा २० हजारभन्दा बढी प्रभावित भएका छन् । 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया