पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डौ – भारतका चर्चित क्रिकेट खेलाडी शिखर धवन कर्णाली याक्समा अनुबन्ध भएका छन् । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णालीले विश्व क्रिकेटकै चर्चित खेलाडी धवनलाई टोलीमा अनुबन्ध गरेको जनाएको छ ।
कर्णालीले भारतीय राष्ट्रिय टोलीबाट तीन वटै फर्म्याटको क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको हो । सम्झौतामा कर्णालीका मालिक झनकदत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन् । सम्झौता रकम भने खुलाइएको छैन ।
३८ वर्षीय बायाँ हाते ओपनर धनवले भारतसँगै आईपीएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाब किंंग्सबाट खेलेका छन् ।
उनले सन् २०१६ मा हैदरावादलाई आईपीएल जिताएका थिए । कर्णाली याक्समा अनुबन्ध भएका धवनले भारतका लागि ३२ टेष्टमा दुई हजार तीन सय १३ रन बनाएका छन् । एक सय ६७ एकदिवसीय खेलमा ६ हजार ७ सय ९३ रन बनाएका छन् ।
त्यस्तै,६८ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ७ सय ५९ रन बनाएका छन् । धवनले नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सबाट खेल्न उत्साहित भएको बताएका छन् ।
ज्ञानेन्द्र मल्ल मुख्य प्रशिक्षक रहेको कर्णाली याक्सले चौथो विदेशी खेलाडी भित्राएको हो । यसअघि वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतले एनपीएल खेल्ने पक्का भइसकेको छ ।
टिमको मार्की खेलाडीमा राष्ट्रिय टोलीका बलर सोमपाल कामी छन् । एनपीएल क्रिकेट प्रतियोगिता आउँदो मङ्सिर १५ देखि पुस ६ सम्म हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।