अमेरिकासँगको अभ्यास खेलमा नेपाल प्रेसिडेन्ट एघार ३७ रनले विजयी

 माघ २१, २०७६ मंगलबार १५:५३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकासँगको अभ्यास खेलमा नेपाल प्रेसिडेन्ट एघार ३७ रनले विजयी भएको छ । ११२ रनको लक्ष्य पछ्याएको अमेरिका ७४ रनमा समेटिन पुग्यो ।

बुधबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल, ओमान र अमेरिकाबीचकाे आईसीसी विश्वकप लिग २ अघि मंगलबार अभ्यास खेल आयोजना गरिएको हो । मुलपानी मैदानमा नेपाल प्रेसिडेन्ट ११ ले दिएको ११२ रनको सामान्य लक्ष्य पूरा गर्न अमेरिका असफल रह्यो । नेपालले पहिला ब्याटिङ गर्दै ३३।५ ओभरमा १११ रन बनाएको थियो ।

नेपालका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा सुवास खकुरलेलले ५२ रनकाे अविजित अर्धशतकीय पारी खेले । ८९ बलको सामना गरेका उनले पाँच चौका प्रहार गरे । यस्तै पवन सर्राफले १९ रन जोडे । बाँकी खेलाडी एकपछि अर्को रुपमा आउट भए । १५ रनमा पहिलो विकेट गुमाएको नेपाल ११ ले २४ रनमा दोस्रो तथा ६९ रनमा तेस्रो विकेट खेर फाल्यो ।

त्यसपछि पनि नेपालको विकेट झर्ने क्रम यतिमा रोकिएन ।  ८१ रन बनाउँदा पाँच विकेट खेर फालेको नेपाल अन्ततः एक सय ११ रनमा अलआउट भयो ।
११२ रनको लक्ष्य पछ्याएको अमेरिकाको सुरुआत पनि राम्रो हुन सकेन ।

३ रन हुँदा पहिलो विकेट गुमाएको अमेरिकाले ३९ रन बनाउँदा ७ विकेट खेर फालेको थियो । अमेरिकाका स्टेभन टेलरले २८ तथा तिमिल पटेलले २० रन जोड्नु बाहेक अरुले दोहोरो अंकमा रन बनाएनन् । अमेरिका अन्ततः ३३।२ ओभरमा ७४ रनमा रोकियो ।

अमेरिकालाई सस्तैमा समेट्ने क्रममा नेपालका शेर मल्लले ४ विकेट लिँदा सागर ढकालले तीन तथा पवन शर्राफले २ विकेट लिए । १ विकेट भुवन कार्कीको नाममा रह्यो ।

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया