मेस्सी र अबिडालबीच मनमुटावका कारण बार्सिलोनामा आन्तरिक तनाव

 माघ २३, २०७६ बिहिबार १६:१३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस क्लब बार्सिलोनामा अहिले आन्तरिक कलाह सुरु भएको छ । क्लबका स्पोर्टिङ डाइरेक्टर अबिडाल र कप्तान मेस्सीबीच यतिबेला मनमुटाव भएका कारण  कलाह सुरु भएको बताइएको छ ।

पूर्व प्रशिक्षक भाल्भर्डेको प्रशिक्षणमा कोही  खेलाडीले मिहेनत नगरेको अबिडालको भनाइप्रति कडा उतर दिँदै मेस्सीले खेलाडीको नाम तोक्न अबिडाललाई चुनौती दिएसँगै बार्सिलोनामा तनाव सुरु भएको हाे । यससँगै मेस्सीले नोउ क्याम्प छाड्ने कुराहरु पनि सुनिएका छन् भने म्यानचेस्टर सिटीले मेस्सीलाई अनुबन्धित गर्न चाहेको समाचारहरु पनि बाहिरिएका छन् ।

यस्तैमा म्यानचेस्टर सिटीका वर्तमान तथा बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाले भने मेस्सीले बार्सिलोना छाडेमा बार्सिलोना रियल मड्रिडजस्तै बन्ने बताएका छन् । रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले २०१८ मा क्लब छाडेसँगै रियलमा गोलको खडेरी लागेको बताउँदै उनले मेस्सीबिनाको बार्सिलोना रोनाल्डोबिनाको रियल मड्रिड बन्ने बताएका हुन् ।

‘मेस्सीले बार्सिलोना छाडेमा बार्सिलोनालाई निकै घाटा हुनेछ किनकि बार्सिलोनाका लागि मेस्सी एक्लैले सर्वाधिक गोल गर्दै आएका छन्’, ग्वार्डिओलाले भने ।

ग्वार्डिओला केही समयअघि बार्सिलोनाका प्रशिक्षक रहेका थिए र उक्त समय मेस्सी र उनीबLच घनिष्ट सम्बन्ध रहेको बताइएको थियो । ग्वार्डिओलाले बार्सिलोना पछि बायर्न म्युनिख र सिटीमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया