चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – बार्सिलोना र रियल मड्रिड स्पेनिस 'कोपा डेल रे' को क्वार्टर–फाइनलबाटै बाहिरिएका छन् ।
बिहीबार राति भएको खेलमा बार्सिलोना एथ्लेटिक बिलबाओसँग पराजित भयो भने रियल मड्रिडलाई रियल सोसिडाडले पराजित गर्यो ।
एथ्लेटिक क्लबको मैदानमा भएको खेलको इन्ज्युरी समयमा सर्जियाे बुस्केटले आत्मघाती गोल गरेपछि बार्सिलोनाको लगातार सातौँ पटक फाइनल पुग्ने सपना क्वार्टर–फाइनलमा नै रोकिन पुग्यो ।
निकै प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले अधिकांश समय बल आफ्नो पकडमा राख्दै एघार पटक एथ्लेटिक क्लबको पोस्टमा प्रहार गरेको थियो । त्यसमध्ये पाँच वटा प्रहार 'टार्गेट' मा पनि लागेको थियो । तर एथ्लेटिकका गोलकिपरले उत्कृष्ट प्रदर्शन गर्दा बार्सिलाेना एक–शून्यले पराजित भयाे ।
रियल मड्रिड पनि रियल सोसियडाडसँग चार–तीन गाेल अन्तरले स्तब्ध भयो । खेलको २२औँ मिनेटमा मार्टिन ओडिगार्डले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए । एलेक्सान्डर इसाकले ५४औँ र ५६औँ मिनेटमा गोल गरेपछि रियल सोसिडाडले रियल मड्रिडविरुद्ध तीन गोलको अग्रता लियो ।
मार्सेलोले रियल मड्रिडका लागि ५९औँ मिनेटमा गोल गरे । ६९औँ मिनेटमा मेरिनोले गोल गर्दै सोसिडाडको अग्रता चार–एकमा लम्ब्याए । त्यसपछि रोद्रिगो र नाचोले गोल गरे पनि रियल मड्रिड चार–तीन गाेल अन्तरले पछि रह्यो । खेलको अन्तिम समयमा रियल सोसियडाडका डिफेन्डर गोरोसाबेल रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए ।
यसको अर्थ सन् २०१० पछि बार्सिलोना र रियल मड्रिडबिना पहिलो पटक 'कोपा डेल रे' को फाइनल हुनेछ ।
यसअघि दोस्रो डिभिजनको मिरान्डेसले ला लिगा क्लब भिल्लारियललाई चार–दुई गाेल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनायो भने ग्रानाडाले भ्यालेन्सियालाई दुई–एकले पराजित गर्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।