अमेरिकाविरुद्ध नेपाल पहिला ब्याटिङमा : कुशलको डेब्यु

 माघ २५, २०७६ शनिबार ९:४७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आईसीसी विश्वकप लिग २ अन्तर्गत एक दिवसीय क्रिकेटमा अमेरिकाविरुद्ध नेपालले पहिला ब्याटिङ सुरु गरेकाे छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेपछि नेपालले पहिला ब्याटिङ थालेकाे हाे । 

आजको खेलमा कुशल मल्लले एक दिवसीय क्रिकेटमा डेब्यु गरेका छन् । रोहित पौडेललाई रिप्लेस गर्दै कुशल प्लेयिङ सेटमा परेका हुन् । यसैगरी शरद भेषावकरको ठाउँमा सुवास खकुरेल पनि टिममा आएका छन् ।

आजको खेलमा सुवास र ज्ञानेन्द्र मल्लले ओपनिङ गरेका छन् । जारी त्रिकोणात्मक सिरिजमा नेपाल र अमेरिकाले पहिलो खेल ओमानसँग पराजय भोगेकाले शनिबार पहिलो जीतको खोजीमा छन् । यसअघि ओमनसँग पराजित भएका नेपाल र अमेरिका दुवै टीम आज पहिलो जीतको खोजीमा छन् । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया