आरिफले पनि उकास्न सकेनन् नेपाली इनिङ : दुई रनमा आउट

 माघ २५, २०७६ शनिबार ११:१८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ ‍- आइसीसी विश्वकप क्रिकेट लिग टू मा अमेरिकासँग खेलिरहेको नेपाल लगातारजसो विकेट गुमाइरहेको छ । नेपालले ५० रन नजोड्दै ५ विकेट गुमाइसकेको छ ।

पाँचौ विकेटको रुपमा आरिफ शेख २ रनमा आउट भएका छन् । २१ औं ओभरको खेल सकिँदा नेपालले ५ विकेट गुमाएर ४९ रन बनाएको छ । ६ रन बनाउँदा सुवास खकुरेललाई पहिलो विकेटका रुपमा गुमाएको नेपालले ४६ रनमा दोश्रो तथा ४७ रनमा तेश्रो र चौथो विकेट गुमाएको हो । क्रिजमा  कुशल मल्ल र विनोद भण्डारी छन् । 

कीर्तिपुर मैदानमा टस जितेर अमेरिकाले पहिले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो । आज शरद भेषावकर र रोहित पौडेल टीममा छैनन् । शरदको ठाउँमा सुवास खकुरेल र रोहितको ठाउँमा कुशल मल्लले मौका पाएका छन् । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया