सन्दीप शून्यमा आउट

 माघ २५, २०७६ शनिबार १३:२१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  - आइसीसी विश्वकप क्रिकेट लिग टू मा अमेरिकासँग पहिले ब्याटिङ गरिरहेको नेपालको आठौँ विकेट गएको छ । नेपालका सन्दीप लामिछाने शून्य रनमा आउट भएका छन् । 

२ बल सामना गरेका उनले कुनै रन जोड्न सकेनन् । कुशल मल्ल र विनोद भण्डारीले छैटौ विकेटका लागि ८४ रनको साझेदारी गर्दै नेपाली इनिङ केही उकासे पनि कुशल आउट भएपछि नेपाली ब्याटिङ धर्मराएको थियाे । 

४४ ओभरको खेल सकिँदा नेपालले ८ विकेट गुमाएर १ सय ६७ रन बनाएको छ । क्रिजमा विनोद भण्डारी र सुशन भारी छन् । कीर्तिपुर मैदानमा टस जितेर अमेरिकाले पहिले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया