चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने ...
मंसिर ११, २०८१ मंगलबार
नेपाली खेलाडी सन्दीप लामिछाने खेलेको टिम मेलबर्न स्टार्स बिग ब्याश क्रिकेटमा उपविजेता भएको छ ।
शनिबार भएकाे फाइनलमा सिड्नी सिक्सर्ससँग १९ रनले पराजित भएसँगै यस संस्करणकाे बिग ब्याश लिगमा पनि मेलबर्न स्टार्स उपविजेतामा सीमित भएकाे हाे ।
वर्षाले प्रभावित भएको खेल १२ ओभरमा झारिएको थियो जसमा टस हारेर पहिले ब्याटिङ गरेको सिड्नीले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै एक सय १६ रन बनायाे ।
उसका लागि जोस फिलिपले ५२ रन बनाए भने जोर्डन सिल्कले २७ तथा स्टेभेन स्मिथले २१ रनको योगदान गरे । बलिङमा ग्लेन म्याक्सवेल र एडम जाम्पाले दुई/दुई विकेट लिए ।
जवाफमा मेलबर्न स्टार्स १२ ओभरमा ६ विकेट गुमाउँदै ९७ रनमा रोकियो । उसका लागि निक लार्किनले ३८ रन बनाउँदा अरु खेलाडी सस्तैमा आउट भए । मेलबर्न गत संस्करणमा पनि उप विजेता भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।