ए डिभिजन लिगमा आज मनाङ र एनआरटीबीच प्रतिस्पर्धा हुने

 माघ २६, २०७६ आइतबार ६:३४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिगमा आज आइतबार एउटा खेल हुँदैछ । मनाङ मस्र्याङ्दी र न्यूरोड टिम एनआरटीबीचको खेल एन्फा कम्प्लेक्स मैदानमा दिउँसो एक बजे हुनेछ । 

यो खेल शनिबारका लागि हल्चोकमा तय भएको थियो । तर, हल्चोक मैदानमा खेल्न क्लब नमानेपछि यो खेल सातदोबाटोमा सारिएको हो । 

उपाधि होडमा कायम रहनका लागि मनाङलाई आजको खेल जित्नै पर्ने दबाब छ । 

उपाधि रक्षाको अभियानमा रहेको मनाङ एनआरटीलाई हराएर तेस्रो स्थानमा उक्लिन चाहन्छ । मनाङले १० खेलमा पाँच जित, चार बराबरी र एक हारको नतिजा निकाल्दै १९ अंक बनाएको छ । आजको खेलमा पराजय वा बराबरी भएको खण्डमा मनाङ मस्र्याङ्दी उपाधि होडबाट आधिकारिक रुपमा बाहिरिनेछ । 

छैटौँ स्थानमा रहेको एनआरटीलाई भने सुपर सिक्समा कायम रहनका लागि मनाङलाई हराउनु जरुरी छ । यो जितपछि पनि मनाङ आर्मीभन्दा चार अंकले पछि रहनेछ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया