चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - पेरिस सेन्ट जर्मन (पीएसजी) ले आफ्ना स्टार खेलाडी किलियन एम्बाप्पेमाथि स्पेनिस क्लब रियल मड्रिडले गर्ने कुनै पनि प्रस्ताव नसुन्ने बताएको छ ।
यसअघि फ्रान्सका २१ वर्षीय खेलाडी एम्बाप्पे रियलप्रति इच्छुक रहेको र रियल पनि एम्बाप्पेलाई अनुबन्धित गर्ने प्रकृया थालेको बताइएको थियो ।
पीएसजीका प्रशिक्षक थोमस ट्युचेलसँग नेयमारको चिस्सिँदो सम्बन्धबीच रियलले एम्बाप्पेलाई अनुबन्धित गर्ने योजना बनाएको बताइएको थियो । पीएसजीले भने एम्बाप्पे सन् २०२२ सम्मका लागि पीएसजीमै रहने बताएको छ ।
एम्बाप्पे निरन्तर खेलका दौरान सब्सिच्युट भएपछि क्लबका सदस्यहरुसँग रुष्ट भएको बताइएको थियो तर पीएसजी भने निरन्तर एम्बाप्पेलाई फकाउन लागि परेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।