चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सोमबारदेखि १२ औं चरणको खेल सुरु हुँदैछ । अब सबै टिमका दुई दुई खेल बाँकी रहेकाले उपाधी होड भने रोमाञ्चक बनेको छ ।
शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मीको २६ अंक छ भने दोस्रो स्थानमा रहेको मच्छिन्द्रको २५ तथा तेस्रो स्थानमा रहेको मनाङको २२ अंक छ । यी तीन टिमबीच उपाधी होड खुला रहेको छ । अंक तालिका हेर्दा भने आर्मी र मच्छिन्द्रमध्ये एक टिमले उपाधी जित्ने सम्भावना रहेको छ । आर्मी र मच्छिन्द्र जारी लिगकै अन्तिम खेलमा प्रतिस्पर्धा गर्ने छन् । जुन खेल फाइनल जस्तै हुने अपेक्षा गरिएको छ ।
१२ औं चरण अन्तर्गत सोमबार तीन खेल हुँदैछन् । यसअघि हलचोक मैदानमा पनि प्रतियोगिता गराउने तयारी गरी तालिका प्रकाशन गरे पनि क्लबहरुले हलचोक मैदानमा खेल्न नमानेपछि अन्तिम खेलबाहेक सबै खेल सातदोवाटोमा हुने भएका छन् ।
पहिलो खेलमा बिहान पौने ९ बजे एपीएफ र फ्रेण्ड्स भिड्ने छन् । एपीएफ पुछारबाट दोस्रो स्थानमा छ भने फ्रेण्ड्स नवौं स्थानमा छ । यस्तै अर्को खेलमा सवा १२ बजे च्यासल र सरस्वती भिड्ने छन् । च्यासल १० औं तथा सरस्वती पुछारमा छ ।
तेस्रो खेलमा दिउँसो साढे ३ बजे संकटा र मच्छिन्द्र आमने सामने हुनेछन् । यो खेलमा मच्छिन्द्र विजयी भए शीर्ष स्थानमा उक्लने छ भने पराजित भए उपाधी होडमा पछि पर्ने खतरा रहने छ । गएको संस्करणको उपविजेता संकटालाई पनि टप सिक्सभित्र पर्नका लागि जित आवश्यक छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।