काठमाण्डौ उपत्यका र तराईका केही ठाउँमा हल्का हुस्सु
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा मङ्गलबार ओमान र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ ।
किर्तिपुरकाे त्रिवि मैदानमा हुने खेल बिहान साढे नौ बजेपछि सुरु हुनेछ । ओमान र अमेरिका याे सिरिजमा दोस्रो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् ।
यसअघिको खेलमा ओमानले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । टस हारेर ब्याटिङ गरेको अमेरिका ५० ओभरमा दुई सय १३ रनमा अलआउट भएको थियो । ओमानले ४९ दशमलव ३ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्दा आकिब इलियासले ७२ रनको अविजीत पारी खेलेका थिए ।
ओमान लगातार चौथो जीत हात पार्दै सिरिज टुङ्ग्याउने लक्ष्यमा छ । ओमानले नेपाललाई पहिलाे खेलमा १८ रन र दाेस्राे खेलमा आठ विकेटले पराजित गरेको थियो ।
नौ खेलबाट १४ अङ्क जोडेको ओमान तालिकाको शीर्ष स्थानमा छ । अमेरिका भने यो सिरिजमा जीतविहिन छ । अघिल्लो खेलमा अमेरिका नेपालसँग ३५ रनले हारेको थियो ।
त्यसैले याे खेल अमेरिकी टिमका लागि लयमा फर्कने अर्को एउटा मौका हो । दोस्रो स्थानमा झरेको अमेरिकाको दश खेलबाट १२ अङ्क छ । अमेरिकाका मुख्य ब्याट्सम्यान आरोन जोन्स, स्टेभन टेलर र जेभियर मार्शल चलिरहेका छैनन् ।
ओमानको भने नेपालमा सिरिजको यो अन्तिम खेल हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।